नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तगरग स्याङ्जाको कालीगण्डकी २ बाट क्षेत्रीय प्रतिनीधिमा निर्वाचित अमृत पाण्डेयले गण्डकी प्रदेशको प्रदेश महाधिवेशन प्रतिनीधिमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
लामो समय बिद्यार्थी राजनीति गर्दै आएका पाण्डेयले गण्डकी प्रदेशको स्याङ्जा क्षेत्र नं. २ (ख)बाट प्रदेश महाधिवेशन प्रतिनीधिमा उम्मेदवारी घोषणा गर्नुभएको हो । लुम्बिनी बाणिज्य क्याम्पस बुटवलमा इकाई सचिव हुँदै नेपाल बिद्यार्थी संघको राजनीति गर्दै आएका पाण्डेय नेपाल प्रेस युनियनका केन्द्रीय प्रार्षद समेत हुनुहुन्छ ।
पार्टीको १३ औं महाधिवेशनमा पाण्डेय स्याङ्जाको आलमदेवी गाबिसबाट क्षेत्रीय प्रतिनीधिमा निर्वाचित हुनु भएको थियो ।