श्रीमान श्रीमति मिलेर आफ्नै दुधे छोराको हत्या

1.3K

श्रीमान श्रीमति मिलेर आफ्नै दुधे छोराको हत्या

रुपन्देहीको गैडहवामा श्रीमान श्रीमति मिलेर आफ्नै दुधे छोराको हत्या गरेका छन् । गैडहवा गाउँपालिका वडा नं. ६ का श्रीराम मल्लाह र उनकी श्रीमति रेनु मल्लाहले आफ्नै ८ महिनाको नावालक छोरा सुरज मल्लाहको घाटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी गराउनु भयो ।
गत शनिबार राती १ बजेको समयमा आफ्नै घरको छतमा ८ महिनाको छोरा दुधे बालकलाई घाटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । मल्लाह दम्पतीलाई सोही दिन पक्राउ गरिएको र उनीहरुले पनि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । जग्गा सम्बन्धि विवादका कारण नावालकको हत्या भएको बुझिएको प्रहरीले जनाएको छ । उनीहरु उपर अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।