लुम्बिनी प्रदेशका तत्कालिन मुख्यमन्त्री शंकर पाेखरेल सहित चारजना बिरुद्ध सांसद बिमला खत्री वलीले अपहरण तथा शरीर बन्धक सम्बन्धि मुद्दा दिनुभएकाे छ ।
एमाले नेता पाेखरेल मुख्यमन्त्री हुदा आफूलाई अपहरण गरि गत साउन १५ गतेदेखि ५ दिनसम्म बन्धक बनाएकाे भन्दै उक्त कार्यमा संलग्न तत्कालिन मुख्यमन्त्री पाेखरेल, एमाले लुम्बिनीका प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई किटानी सहित हदैसम्मको कारबाहीको माग गरि लुम्बिनी प्रदेश सभा सदस्य वलीले मुद्धा दिनुभएकाे हाे ।
सांसद वलीले ईलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरीकाे लागि पत्र बुझाउनु भएकाे हाे । घटनाको शुरुवात भएको स्थान दाङ भएकाेले प्रहरीले भने दाङमा जाहेरी दर्ता गराउन सुझाव दिएकाे छ ।
यदि सांसद वलीले दिएका उजुरी अनुसार कसुर ठहरेमा १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था छ।