यमन भट्टराई /
नेपाल एउटा स्वतन्त्र,अभिवाज्य,सार्वभौमसत्ता सम्पन्न दक्षिण एसियालि भूपरिवेष्ठित हिमाली राष्ट्र हो । यसले विश्वको भुगोलको ०.०३ प्रतिशत, एशिया महादेशको ०.३ प्रतिशत र दक्षिण एशियाको २.८२ प्रतिशत भुभाग ओगटेको छ । विश्वमा नेपाल ९३ औ ठुलो राष्ट्र भएतापनि प्राकृतिक, धार्मिक तथा सास्कृतिक सम्पदाले भरीपूर्ण भएको हुनाले यो भुमि विश्को स्वर्ग हो । यसलाई सत्ययुगर्मा सत्यावती’ त्रेतायुगमा ‘तपोवन’, द्वापार युगमा ‘मुक्तिसोपान’ का नामले चिनिन्थ्यो भने अहिलेको कलियुगमा नेपाल भन्ने नाम बाट परिचित छ । नेपाल नाम कसरी रह्यो भन्ने कुनै ठोस प्रमाण नभएपनि मरिच ऋषिका पुत्र ‘ने’ ले यस क्षेत्रको पालन (संरक्षण)गरेको हुनाले उनको नाम बाट नेपाल रहन गएको किंवदन्ति छ । यो देश ऋषि मुनिहरुको आश्रम तथा देविदेवताहरुको तपोवन भई धार्मिक रुपमा जति महत्वको छ, त्यति नै प्राकृतिक र सांस्कृतिक रुपमा सम्पन्न भएको हुँदा स्वर्ग भन्दा अतियुत्ति नहोला ।
नेपाल भौगोलिक रुपमा पनि धेरै विविधता भएको देश हो । समुद्र सतह देखि ५९ मि. अग्लो धनुषाको मुसहरनिया का साथै ८८४८.८६ मि अग्लो विश्को सर्वोच्च शिखर सगरमाथा यहि पदर्छ । यो देशमा हिमाल, पहाड र तराई गरि तीन प्रकारका भौगोलिक क्षेत्रहरु पाउनुका साथै लगभग विश्वको सबै किसिमको हावापानि पाइन्छ । भौगोलिक रुपमा मात्र नभई धार्मिक तथा सांस्कृतिक रुपमा पनि निकै विविधता छ । यहाँ १२५ जातजाति र १३१ भाषा भाषिका मानिसहरु बसोबास गर्दछन् । प्रत्येक जातजातिको आफ्नै भेषभुषा, रितिरिवाज, रहनसहन ,धर्म र संंस्कृति छ । त्यसैले त नेपाललाई विषमताको देश भनेर पनि चिनिन्छ । नेपाल कुनै पनि समयमा कुनैपनि देशको अधिनमा रहने उपनिवेश बनेन त्यसले यसको स्वतन्त्रता दिवश छैन । नेपाललाई अरुको कब्जामा जान नदिन हाम्रा पूर्खहरु ढाल बनेर सिमानामा डटेर लडिरहे ज्यानको आभुति दिए तर देशको रक्षा गरि हामीलाई यो नासो छोडेर गए । जसको कारण स्वरुप विश्वमा हामी विर गोर्खाली भनेर चिनिएको छौं, हाम्रो देश गोर्खालीहरुको देश हो । हामी विश्वको जुन सुकै कुनामा भएपनि नेपाल भन्ने शब्द सुन्दा खेरि गर्व लाग्छ र लाग्नु पर्दछ । विश्वले नेपाललाई माउन्टएभरेष्टको देश, विर गोर्खालीको देश, गौतम बुद्धको देश साथै झण्डाको फरक आकृति भएको देश भनेर चिन्दछन् ।
नेपालको उत्तरी क्षेत्रको सिमानामा पर्खालको काम गर्ने प्राकृतिक सौन्दर्यताको भरिपूर्ण मोति जस्तै टलटल टल्किने हिमालहरु छन् त्यसैले त यसलाई हिमालको देश भनेर पुकारिन्छ । ती हिमालहरु हम्रो देशको गहना हुन् सम्पति, स्वाभिमान र इज्जत हुनुको साथसाथै जलसम्पदाको सा्रेतहरु हुन त्यसैले त नेपाल विश्वमा जलसम्पदामा दोसा्रे धनी देश हो । विश्वका ८००० मि. भन्दा अग्ला १४ ओटा हिमशिखरहरु मध्ये नेपालमा ८ ओटा पर्दछन् ,ती मध्येको एक शिखर सगरमाथा हो जुन विश्वको सर्वोच्च शिखर हो भने यसलाई संसारको छानो पनि मानिन्छ । यो प्रकृतिको एक अनुपम उपहार हो । विश्वमा हामीलाई नेपाली भनेर नचिन्नेले पनि माउन्टएभरेष्ट भएको देशको नागरिक भनेर चिन्दछन्, त्यसैले सगरमाथा नेपालीको पहिचान हो ।
सगरमाथा २७ड्ढ ५९ मिनेट उत्तरी अंक्षाश र ८६ड्ढ ५५ मिनेट पूर्वि देशान्तरमा अवस्थित छ । यो नेपालको प्रदेश न. १को सोलुखुम्भु जिल्लामा पर्ने पासाङल्हामु गाउँपालिकाको वडा न. ४ मा पर्दछ । यो नेपालमा भएका २८ वटा हिमश्रृङखलाहरु मध्ये महालङगुर हिमश्रृखलामा पर्दछ । सन् १८५२ देखि यसलाई विश्वको सर्वोच्च शिखर भन्न थालिएको हो । त्यतिबेला यसको उचाई २९,२०० फिट मानिएको थियो भने यसको नामाकरण पन्ध्रौ चुलि भनेर गरिएको थियो सन् १८५४ मा इन्डियन सर्वेयर टोलिले नाप गरि यसको उचाई ८८४८ मि.छ भनेका थिए जुन धेरै वर्ष सम्म कायम रह्यो । ब्रिटिस सर्वेयर कर्णेल जर्ज एभरेष्टले शिखरहरुको उचाई नाप्ने विधिको विकास गरेको हुनाले उनको नामबाट यसलाई सन् १८६५ देखि माउन्ट एभरेष्ट भन्न थालियो यसको नाम सगरमाथा भनि नामाकरण नेपालि नागरिक इतिहास शिरोमणी बाबुराम आचार्यले सन् १९५६(वि.स.२०१२)मा गरेका थिए नेपाल र चिनले छुट्टाछुटै नाप गरि सन् २०२० डिसेम्मबर ८ मा संयुक्त रुपमा सगरमाथाको बास्तविक उचाई ८८४८.८६ मि भएको घोषणा गरेका थिए ।
सगरमाथालाई आरोहणका लागि सन् १९५२ खुल्ला गरिएको थियो । सगरमाथाको पहिलो पटक सफल आरोहण नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमाण्ड हिलारी ले सन् १९५३ मे २९ का दिन गरेका थिए । त्यसैले मे २९ लाई सन २००७ देखि सगरमाथा दिवसका रुपमा मनाउन थालिएको छ ।
यसमा मानव जातीले पाइला टेकेको ६८ वर्षको अन्तरालमा सयौ मानिसहरुले सफल आरोहण गरि विश्व रेकर्ड बनाएका छन् । सगरमाथाको चुचुरोमा पुग्ने प्रथम महिला जापानकी जुन्को तावेइ हुन् । उनले सन् १९७५ मे १६ मा सफल आरोहण गरेकि थिइन भने पहिलो नेपाली महिला पासाङल्हामु शेर्पा हुन् । उनले सन् १९९३ अप्रिल २२ (वि.स.२०५० बैशाख १०) मा सफल आरोहण गरेकि थिइन त्यसैगरि बिना अक्सिजन सगरमाथा लामो समय बिताउने आरोहि नेपालका बाबुछिरी शेर्पा हुन् उनले १० घण्टा ५६ मिनेट ४६ सेकेण्ड बिताएका थिए ।
धेरैपटक आरोहण गर्ने विश्व रेकर्ड नेपाली नागरिक कामीरिता शेर्पाको नाममा छ । उनले २४ औ पटक सफल आरोहण गरेका छन् यसको शिखरमा विवाह गर्ने जोडी दोर्जी शेर्पा र मोनि मुलेपाती हुन् । उनीहरुले सन् २००५ मे ३० मा अन्तरजातिय विवाह गरेका थिए । यसको सफल आरोहण गर्ने बृद्ध नागरिक जापानी युचीरो मिउरा हुन् । उनले ८० वर्षको उमेरमा यो कृतिमान राखेका थिए । कान्छो आरोहीको विश्व रेकर्ड अमेरिकाका १३ वर्षिय जोर्डन रोमेरोको नाममा छ । उनले उक्त कृतिमान सन् २०१० मे २२ मा बनाएका थिए । त्यसैगरी सफल अपाङ्ग आरोहीको कृतिमान अमेरिकाका ह्वाइटेकर नाममा छ । उनले सन् १९९७ मे २७ मा यो रेकर्ड बनाएका थिए ।
सगरमाथा प्रकृतिको सर्वोकृष्ट उपहार भएकोले यसको आरोहण गर्ने र हेर्न वर्षनी हजारौको संख्यामा विदेशिहरु नेपालमा आउँछन् जसले गर्दा नेपालको पर्यटन व्यावसाय फष्टाउनुको साथसाथै संंस्कृतिको आदानप्रदान समेत भएको छ । एकपटकको आरोहणको लागि प्रत्येक आरोहीले सरकारलाई रोयल्टी ११ अमेरीकी डलर तिर्छन । उक्त राजस्व संकलन गरि त्यस क्षेत्रको तथा नेपालको अन्य क्षेत्रको विभिन्न विकास निमार्णको कार्यमा लगाउन सकिन्छ । अहिलेको समयमा नेपालीको धेरै स्थानमा छिमेकीहरुद्वारा भुमि अतिक्रमण हुँदा सगरमाथा लगायतका हिमालहरुले उत्तरी सिमानामा पर्खालको काम गर्दा हामी नेपालीले शिरमा लगाउने टोपिको संज्ञा दिँदा अतियुक्ति नहोला । यस्ता प्राकृतिक सम्पदाहरुको संरक्षण गर्नको लागि संम्बन्धित निकाय, नेपाल सरकार र नेपालीहरुले दिर्घकालिन योजना बनाई लाग्न आवश्यक देखिन्छ ।