बुटवल उद्याेग वाणिज्य संघमा भाँडा तथा प्लाष्टिक बस्तुगत समिति गठन

1.3K

बुटवल उद्याेग वाणिज्य संघमा भाँडा तथा प्लाष्टिक बस्तुगत समिति गठन

बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीमा भाँडा तथा प्लाष्टिक बस्तुगत समिति गठन गरिएकाे छ । संघका सदस्य वयबसायी कमल दिन मियाकाे सभापतित्वमा गठित समितिकाे उपसभापतिमा वालनरसिंह कुवंर (अनिल) लाई चयन गरिएकाे छ ।
समितिकाे सचिवमा अर्नल शाक्य, काेषाध्यक्षमा राजिव श्रेष्ठ तथा सदस्यहरुमा रिसव थैव, वैदनाथ गुप्ता, कृष्ण केसी र नरसिंह आलमलाई चयन गरिएकाे छ । त्यस्तैगरी टिकाराम वञ्जाडे, कमल पाैडेल र रामु भण्डारीलाई सल्लाहकारमा चयन गरिएकाे छ ।
त्यस अवसरमा बाेल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले व्यबसायिकाे हकहित र उनीहरुका समस्या समाधानकाे लागि प्रतिवद्धता व्यक्त गर्नुभयाे । उहाले व्यबसायीका समस्या पहिचान गर्न आग्रह गर्दै पहिचान भएका समस्या समाधानकाे लागि संघले पहल र पैरवी गर्ने जानकारी गराउनु भयाे ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, संघका कार्यसमिति सदस्य तथा बस्तुगत समितिका पूर्व सभापति टिकाराम वञ्जाडे लगायतले भनाई राख्नु भएकाे थियाे ।
कार्यक्रम संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पाैडेलकाे अध्यक्षता र उक्त बस्तुगत समितिका समन्वयकर्ता सुमाेदमान सैजुकाे समन्वयमा भएकाे थियाे । त्यस अवसरमा नवनिर्वाचित सभापति मियाले सबै व्यबसायीलाई समेटेर संघसंग समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।