घट्यो सुनको मूल्य : तोलामा ८९ हजार एक सय रुपैयाँमा खरिदबिक्री

1.3K

घट्यो सुनको मूल्य : तोलामा ८९ हजार एक सय रुपैयाँमा खरिदबिक्री

पछिल्लो दिन सुनको मुल्यमा गिरावट आएको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेको हो ।
बिहीबार तोलामा ९० हजार पाँच सय रुपैयाँमा खरिदबिक्री भएको छापावाल सुनको मुल्य शुक्रबार ८९ हजार एक सय रुपैयाँमा झरेको छ ।
तेजावी सुनको मुल्य पनि ८८ हजार ६५० रुपैयाँमा झरेको छ । बिहीबार ९० हजार रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । बिहीबार १ हजार २ सय रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ शुक्रबार १ हजार १ सय ७० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।