माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) लुम्बिनी प्रदेश सरकारमा सहभागि हुने भएको छ । पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले पार्टी लुम्बिनी प्रदेश सरकारमा सहभागि हुने जानकारी गराउनु भएको हो ।
लुम्बिनी प्रदेशकी एक मात्रै सांसद रमा घर्तीले नेकपा (एकिकृत समाजवादी) पार्टी रोज्नु भएको छ । पार्टीको यो निर्णयसंगै घर्ती प्रदेश सरकारमा मन्त्री बन्ने पक्का जस्तै देखिएको छ ।