लुम्बिनी प्रदेश सरकारले संविधान दिवसको अवसरमा प्रदेशका ५७ जनालाई बिभिन्न पदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ । लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको सूचना बिभिन्न क्षेत्रमा योगदान पु¥याएका ५७ जनालाई विभूषित गर्ने घोषणा गरेको हो ।
जस अनुसार प्रदेश प्रमुख जनसेवा पदक (क)बाट अर्घाखाँचीका भक्तिप्रसाद आचार्य (राजु नेपाली), पदेश प्रमुख जनसेवा पदक (ख)बाट कपिलबस्तुका रामवरण यादव, रुकुम पूर्वका शहिद प्रेम मल्ल र उनीकी पत्नी शहिद दिलमायाँ, प्रदेश प्रमुख जनसेवा पदक (ग) बाट बाँकेका माताप्रसाद कुर्मी, बाँकेकै गुलजार खान, बर्दियाकी निर्मला योगी (वेपत्ता) र रोल्पाका लली रोकालाई विभूषित गर्ने घोषणा गरिएको छ ।
त्यस्तैगरी मुख्यमन्त्री प्रज्वल दीप पदक (क) बाट गुल्मीका कर्णबहादुर क्षेत्री, (ख)बाट दाङका बासुदेव गौतम तथा (ग) बाट रोल्पाकी तेजकुमारी वली र बर्दियाका टिकाराम थारुलाई विभूषण गर्ने घोषणा गरिएको छ ।
त्यस्तै प्रदेश सेवा समर्पण पदक (क)बाट रुपन्देहीका राजेन्द्र थापा, रुपन्देहीकै आलोक अग्रहरीलाई प्रदेश सेवा समर्पण पदक (ख), त्यस्तै सोही पदकबाट रुपन्देहीका थानेश्वर ज्ञवाली, जीवकला भण्डारी, दीपक ज्ञवाली, हितेन्द्र रायमाझी, डिल्लीराम भण्डारी, देवीराम पाठक, रोषनलाल चौधरी, डा. पुष्पराज पौडेल र रामप्रसाद अर्याललाई प्रदान गर्ने सरकारले घोषणा गरेको हो । प्रदेश सेवा समर्पण पदक (ख) बाटै बर्दियाका डा. विजय उपाध्याय, डा. सुवास पाण्डे, नवलपरासी पश्चिमका डा. सरोज तिवारी, कपिलबस्नुकी खिमाकुमारी पौडेल र रुकुम पूर्वका मानबहादुर बस्नेतलाई विभूषित गर्ने सरकारले घोषणा गरेको छ । सोही प्रदेश सेवा समर्पण पदक (ग) बाट बाँकेकी दिवा जिसी र बर्दियाका संगिता भट्टलाई विभूषण घोषणा गरिएको हो ।
त्यसैगरी उजीरसिंह दीप पदक (ख) पाउनेमा रुपन्देहीका डिल्लीनारायण पाण्डे, टेकबहादुर खत्री, दाङका शंकरप्रसाद आचार्य, नवचन्द्र मल्ल, उजीरसिंह दीप पदक (ग) पाउनेमा रुपन्देहीका जगदिश चाई साहनी, कपिलबस्तुका सेमकुमारी पाईजा छन् । त्यस्तै समाजसेवा श्री पदक (क) पाल्पाका काजुमासा काकिमी (जापनीज नागरिक) प्रदान गर्ने घोषणा गरिएको छ । त्यस्तै समाजसेवा श्री पदक (ख) बाँकेका अपसिद किदवाई, रुकुम पूर्वका राजेश सुवेदी, पाल्पाका मेघराज शर्मा, गुल्मीका हिमलाल न्यौपाने, रोल्पाका डा. रियुची एसिदा, बाँकेकी डा. कबिता सिन्हा, दाङका पूर्णबहादुर चौधरी (मरणोपर्यन्त), बुटवल उद्योग बाणिज्य संघ रुपन्देही, रुपन्देहीकी मीना भुसाल पाठक, बर्दियाका बिसतीया चौधरीलाई दिने घोषणा गरिएको छ ।
त्यस्तै प्रदेश रत्न पदक (ख) गुल्मीको पैंचो पसल, (ग) रुकुम पूर्वकी तीर्था पुन, रोल्पाका ईन्द्रबहादुर खत्री दिने घोषणा गरिएको छ । पुथाश्री शिखर पदक (ग) रुपन्देहीका पुरुषोत्तम अर्याल, प्रदेश प्रज्ञा पदक (ख) रुपन्देहीका यदुलाल पन्थ, प्युठानकी कल्पना खड्का, प्रजापती गौतमी पदक (ख) बाँकेकी शोभा बिसी, प्रजापती गौतम पदक (ग) दाङका नविना चौधरी (वेपत्ता) र रामकली चौधरी (वेपत्ता), दङ्गीशरण बलिहाङ्ग पदक (ख) दाङका चन्द्र चौधरी र दङ्गीशरण बलिहाङ्ग पदक (ग) दाङकै उदय आलेलाई दिने घोषणा गरिएको हो ।