प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस सांसद डा. नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्नुभएको छ । सांसद खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरिएको जानकारी सहितको पत्र राष्ट्रपति समक्ष पठाईसकिएको छ ।
राष्ट्रपतिको कार्यालयले सपथग्रहणको समय भने तोकिसकेको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री खड्कालाई आजै सपथ ग्रहण गराउने र कार्यभार सम्हालेर आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम तय भईसकेको छ । सत्ता समिकरणमा रहेका दलका नेताहरुको मंगलबार बसेको बैठकमा खड्कालाई परराष्ट्र मन्त्री बनाउने विषयमा सहमति जुटेको थियो ।