स्व. चौहानको परिवारलाई महासंघले दियो राहत

1.3K

स्व. चौहानको परिवारलाई महासंघले दियो राहत

नेपाल पत्रकार महासंघ रुपन्देहीले पत्रकार स्वर्गीय विन्दुकुमार चौहानको परिवारलाई राहत प्रदान गरेको छ । स्वर्गीय चौहानको परिवारलाई समवेदना व्यक्त गर्नको लागि महासंघ रुपन्देहीको टोली बुधबार चौहानको घर रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मुग्लाहा चौराहमा पुगेको थियो ।
सोही क्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीको तर्फबाट २५ हजार रुपैंया र महासंघ केन्द्रीय समितिले उपलब्ध गराएको २५ हजार रुपैंया गरि ५० हजार रुपैंया प्रदान गरिएको महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले जानकारी गराउनु भयो । उक्त राहत रकम महासंघ रुपन्देहीका अध्यक्ष पोख्रेलले स्र्गीय चौहानकी पत्नी निरा चौहानलाई प्रदान गर्नुभएको हो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कार्यसमिति सदस्य तथा रुपन्देही शाखाका पूर्व कार्यसमिति सदस्य चौहानको हालै युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको थियो ।