नेपाली काँग्रेस तिलोत्तमामा हरिलाल पाण्डे समुहको उम्मेदवारी घोषणा

1.3K

नेपाली काँग्रेस तिलोत्तमामा हरिलाल पाण्डे समुहको उम्मेदवारी घोषणा

नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत रुपन्देहीको तिलोत्तमा नगरपालिका हरिलाल पाण्डेको समुहले उम्मेदवारी घोषणा गरेको छ । पार्टीको मौजुदा समितिका नगर सभापति पाण्डेले पुनः सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
उहाँको टिमबाट उपसभापति पदमा कल्याण पौडेल र मायाँ चौधरी, सचिवमा हुमलाल पौडेल र प्रदिप थापा तथा सहसचिवमा रमेश पराजुली र दीपक थापाले उम्मेदवारी घोषणा गर्नुभएको हो ।
रुपन्देहीको मध्येभागमा रहेको तिलोत्तमा नगरपालिकामा पार्टीको नेतृत्व लिनको लागि यस अगाडि नारायण न्यौपानेको टिमले उम्मेदवारी घोषणा गरिसकेको छ भने सभापति पदमै हरि तिवारीले पनि उम्मेद्वारी घोषणा गर्नुभएको छ ।