नेपाली काँग्रेस सैनामैनामा कृष्णप्रसाद पोखरेलको टिमले उम्मेदवारी घोषणा गरेको छ । बिहिबार सैनामैनामा उम्मेदवारी घोषणा गर्दै आफूहरुको जीत सुनिश्चित भईसकेको टिमले दावी गरेको हो ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत वडा अधिवेशन सकिएको जिल्लामा शनिबार पालिका अधिवेशन हुँदैछ । अधिवेशनबाट नगरमा पार्टीको नेतृत्व लिनको लागि सभापतिमा कृष्णप्रसाद पोखरेल सहित उपसभापतिमा नीलप्रसाद थापा र मीना श्रेष्ठ, सचिवमा सुवास पौडेल र कृष्ण कंडेल तथा सहसचिवमा सुरेस परियार र श्यामप्रसाद अधिकारीले उम्मेदवारी घोषणा गर्नुभएको हो ।