कोरोना महामारीका कारण रुपन्देही जिल्लामा जारी निषेधाज्ञा फेरी थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गर्दै यहि असोजको १६ गते राती १२ बजेसम्म थप गरिएको जानकारी गराएको हो ।
कोरोना महामारी तिब्र रुपमा फैलिन थालेपछि प्रशासनले गत बैशाख १६ गतेदेखि जिल्लामा निषेज्ञाज्ञा जारी गरिएको थियो । जिल्लामा निषेधाज्ञा जारी भएपनि निषेध गरिएको बिस्तारै खुकुलो बनाउँदै लगिएको छ । जसका कारण शब्दमा बाहेक सबै कुरा सञ्चालनमा आईसकेका छन् । बिद्यालय सञ्चालन हुन बाँकी थियो, एक हप्ता यता जिल्लाका शैक्षिक सस्था पनि खुलीसकेका छन् ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शुक्रबार असोज १६ गतेसम्म निषेधाज्ञा थप गरेको सूचना जारी गरेको छ । यद्यपी निषेधाज्ञामा निषेध गरिएका सबै कार्यहरु धमाधम भईरहेका छन् ।
प्रशासनले जारी गरेको सूचनामा सबैप्रकारका सभा, जुलुस, महोत्सव, पार्टी प्यालेस, सिनेमा हल, हाटबजार, परम्परागत रुपमा हुँदा आएको नित्य पुजा बाहेक धार्मिक, सांस्कृतिक कृयाकलापहरु तथा जमघट, शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्र, भाषा कक्षाहरु, ट्युसन लगायतका गतिबिधिमा रोक लगाईएको छ ।
यद्यपी सिनेमा हल बाहेकका सबै गतिबिधि धमाधम भईरहेका छन् ।

