दशैं टिकाको शुभसाईत बिहान १०:२ बजे

1.3K

दशैं टिकाको शुभसाईत बिहान १०:२ बजे

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्षको दशैंको शुभसाईत असोज २९ गते बिहान १० बजेर २ मिनेट जाँदा रहेको जनाएको छ । नेपाल पञ्जाङ्ग निर्णायक समितिले यो वर्षको दशैंको साईत सार्वजनिक गरेको हो । समितिका अनुसार टीका लगाउने मानिस पूर्व फर्कनु पर्छ ।
पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको साईत असोज २१ गते बिहीबार बिहान ११ बजेर ४६ मिनेटमा छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर मात्रै घटस्थापना गर्नुपर्छ ।
असोज २६ गते मंगलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिनेछ । असोज २७ गते बुधबार महाअष्टमीका दिन राति कालरात्रिको पूजा गरिन्छ । असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ ।