काँग्रेस महाधिवेसन : देवदहमा गुणाखर भुर्तेल विजयी

1.3K

काँग्रेस महाधिवेसन : देवदहमा गुणाखर भुर्तेल विजयी

नेपाली काँग्रेस देवदह नगर समितिकाे सभापतिमा गुणाखर भुर्तेल विजयी हुनुभएकाे छ । शनिबार सम्पन्न नगर अधिवेशनबाट सभापति पदमा ३ मतकाे अन्तरले भुर्तेल विजयी हुनुभएकाे हाे । सभापतिमा निर्वाचित भुर्तेलले १०३ मत प्राप्त गर्नु भएकाे थियाे भने उहाका प्रतिद्वन्दी झविन्द्रप्रसाद पाण्डेले १०० मत प्राप्त गर्नु भयाे । कुल २०५ मत खसेकाेमा २ मत बदर भएकाे थियाे ।

त्यस्तैगरी नगरकाे उपसभापतिमा प्रमाेद खनाल ११७ र अमर लामिछाने १०२ मत सहित विजयी हुनु भएकाे छ । सचिवमा गणेश तिमिल्सिना १०० र नेत्रलाल रिजाल १०२ मत तथा सहसचिवमा मिलन मास्के राना ११७ र बैरागी थारु १०४ मत सहित विजयी हुनुभएकाे छ ।