काँग्रेस तिलाेत्तमामा हरिलाल पाण्डेकाे प्यानल विजयी

1.3K

काँग्रेस तिलाेत्तमामा हरिलाल पाण्डेकाे प्यानल विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तिलोत्तमा नगरपालिकामा हरिलाल पाण्डेकाे प्यानल विजयी भएकाे छ । शनिबार भएकाे नगर अधिवेशनबाट २ मत अन्तरले सभापतिमा पाण्डे विजयी हुनुभएकाे हाे ।

सभापतिमा विजयी पाण्डेले १७४ मत प्राप्त गर्नुभएकाे थियाे भने निकटतम प्रतिस्पर्धि नारायण न्याैपानेले १७२ र हरि तिवारीले ३० मत प्राप्त गर्नुभएकाे छ ।

बाँकी पदाधिकारिमा पनि पाण्डेकै प्यानल विजयी भएकाे छ । नगरकाे उपसभापतिमा कल्याण पाैडेल २३८, मायाँ चाैधरी २०७, सचिवमा प्रदिप थापा २०८, हुमलाल पाैडेल १७८ र सहसचिवमा रमेश पराजुली २४० तथा दीपक थापा २३८ मत सहित विजयी हुनुभएकाे छ ।