नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत शनिबार रुपन्देहीको १६ वटा स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएको छ ।
१ उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका रहेको रुपन्देही जिल्लामा लुम्बिनी सांस्कृतिक नगरपालिका सहित गैडहवा, कोटहीमाई, मर्चवारी र ओमसतीया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । बाँकी पालिकामा भने निर्वाचनबाट नेतृत्व चयन गरिएको छ ।
जिल्लाका ६ नगरपालिकामा शनिबार सम्पन्न निर्वाचनबाट रुपन्देहीको बुटवल उपमहानगरपालिकाको सभापतिमा खेलराज पाण्डे, सिद्धार्थनगर (भैरहवा)मा कोशिसबहादुर खड्का, तिलोत्तमामा हरिलाल पाण्डे, देवदहमा गुणाखर भुर्तेल, सैनामैनामा रणबहादुर खनाल र लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोह्मद सईद खाँ निर्वाचित हुनु भएको हो ।
जिल्लाका १० गाउँपालिकामा मध्ये कञ्चन गाउँपालिकामा देवीराम रेग्मी, गैडहवामा, सत्यनारायण पथिक, कोटहीमाईमा अवधराम यादव, मर्चवारीमा जनार्दन यादव, ओमसतीयामा भगवानप्रसाद चौधरी, मायादेवीमा पदम भण्डारी, रोहिणीमा पारसनाथ योगी, सियारीमा गोपाल पाण्डे, सुद्धोधनमा दामोदर पौड्याल, सम्मरीमाईमा रमेश यादव निर्वाचित भएको नेपाली काँग्रेस जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिनुभयो ।