खुकुलो भयो प्लाष्टिक आयात निर्यातको प्रतिवन्ध (राजपत्रमा प्रकाशित सुचना सहित)

1.3K

खुकुलो भयो प्लाष्टिक आयात निर्यातको प्रतिवन्ध (राजपत्रमा प्रकाशित सुचना सहित)

सरकारले पातलो प्लाष्टिक आयात तथा निर्यातमा भएको प्रतिवन्धलाई खुकुलो बनाएको छ । सरकारले बजेटमै समेटेर ४० माईक्रोन भन्दा कमका प्लाष्टिक झोलामा प्रतिवन्ध लगाएको थियो । उद्यपी नेपाल राजपत्रमा सूचना प्रकाशित हुँदा ४० माइक्रोन भन्दा कमका प्लाष्टिकको उत्पादन, आयात, निर्यात तथा विक्रि वितरणमा प्रतिवन्ध लगाउने गरी सुचना प्रकाशित भएपछि कतिपय उद्योगलाई कच्चा पदार्थको रुपमा आवश्यक पर्ने प्लाष्टिक भन्सार विन्दुमै रोकिएका थिए ।
उद्योगीहरुको दवाव पछि सरकारको तर्फबाट बन तथा वातावरण मन्त्रालयले उक्त सूचना सञ्चाएको हो । मन्त्रालयले गत भदौ २८ गते राजपत्रमा प्रकाशित गरेको सूचना खारेज गरि सोमबार नयाँ सूचना जारी गरेको छ ।
जारी सूचनामा औद्योगिक कच्चा पदार्थ वा अर्ध तयारी कच्चा पदार्थको रुपमा प्रयोग हुने प्लाष्टिकजन्य कच्चा पदार्थ बाहेक ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको झोला वा अन्य प्लाष्टिकका उत्पादन आयात विक्रि वितरण र प्रयोगमा पूर्ण रुपमा रोक लगाईएको छ ।
सरकारको उक्त निर्णयसंगै कच्चा मालका रुपमा आयात भई भन्सार विन्दुमा रोकिएका गाडीहरु छुट्न सुरु भएको यशोदा फूडका सञ्चालक तथा बुटवल उद्योग बाणिज्य संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलले बताउनु भयो ।
उद्योगमा आयात गरिएको प्लाष्टिकका आयात भन्सार विन्दुमा रोकिएपछि जिल्ला नगर उद्योग बाणिज्य संघका दवावमा नेपाल उद्योग बाणिज्य संघले सरकारसंग लविङ् गर्दै आएको थियो । पातलो प्लाष्टिक उत्पादन, आयात निर्यात तथा विक्रि वितरणमा रोक लागेपछि विशेष गरेर प्याकेजिङ् उद्योगहरु प्रभावित भएका थिए ।