काँग्रेस नेता खरेलकाे निधन

1.3K

काँग्रेस नेता खरेलकाे निधन

नेपाली काँँग्रेसका नेता प्रेमनारायण खरेलकाे निधन भएकाे छ । रुपन्देहीकाे तिलाेत्तमा नयामिल निवासी ५७ वर्षीय खरेलकाे उपचारकाे क्रममा शनिबार दिल्लीकाे मेदान्त अस्पतालमा मृत्यु भएकाे हाे ।

पार्टीका महाधिवेशन प्ररतिनिधि खरेल नेपाली काँग्रस रुपन्देहीका पूर्व जिल्ला कार्यसमिति सदस्य समेत हुनुहुन्थ्याे ।

मुटु सम्वन्धि राेगले ग्रसित खरेललाई उपचारकाे लागि दिल्ली लगिएकाे थियाे । स्वर्गीय खरेलका श्रीमती, एक छोरा र ४ छोरी छन् ।

नेता खरेलकाे निधनमा काँग्रेस रुपन्देहीले शाेक व्यक्त गर्दै ३ दिनसम्म पार्टीको झण्डा झुकाउने र अत्यावश्यक बाहेकका कार्यक्रमहरु नगर्ने जनाएको छ ।