देशलाई निकास दिन कांग्रेस सरकारमा गएका हौं : गृहमन्त्री खाँण

1.3K

देशलाई निकास दिन कांग्रेस सरकारमा गएका हौं : गृहमन्त्री खाँण


गृहमन्त्री बालकृष्ण खांणले बहुमत पाएको तत्कालीन नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रको झगडाका कारण सरकार चलाउन नसकेपछि देशलाई निकास दिन कांग्रेस सरकारमा आएको बताउनु भएको छ ।
नेपाली कांग्रेस रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको स्वागत, सम्मान, बधाई तथा नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता खांणले ठूलो दललाइ सरकार चलाउनुस् भनेर दिए पनि विगतको सरकारले आफ्नै पार्टीभित्रको राजनीतिक झगडाका कारण ५ वर्षे कार्यकाल पुरा गर्न नसकेको उल्लेख गर्नृ भयो ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्न मान्नुभएको थिएन्, कांग्रेसलाई आरोप छ कि कांग्रेस सरकारमा जान हतार गर्छ, चुनावमा जिते पनि नजिते पनि सरकारमा जान इच्छा गर्छ । यसपटक सभापति देउवाले प्रधानमन्त्री बन्न तयार नभएपछि अहिलेको निकासका लागि सभापति अग्रसर बनिदिनुस् भन्ने अन्य पार्टीका नेता र पार्टीभित्रै कांग्रेसको अग्रसरतामा नयाँ गठबन्धन बनेर अगाडी बढेको बताउनु भयो । उहाँले ठूलो दललाइ सरकार चलाउनुस् भनेर दिए पनि विगतको सरकारले आफ्नै पार्टीभित्रको राजनीतिक झगडाका कारण ५ वर्षे कार्यकाल पुरा गर्न नसकेको उल्लेख गर्नृभयो ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्न मान्नुभएको थिएन्, कांग्रेसलाई आरोप छ कि कांग्रेस सरकारमा जान हतार गर्छ, चुनावमा जिते पनि नजिते पनि सरकारमा जान इच्छा गर्छ । यसपटक सभापति देउवाले प्रधानमन्त्री बन्न तयार नभएपछि अहिलेको निकासका लागि सभापति अग्रसर बनिदिनुस् भन्ने अन्य पार्टीका नेता र पार्टीभित्रै कांग्रेसको अग्रसरतामा नयाँ गठबन्धन बनेर अगाडी बढेको बताउनु भयो । अहिले नेपाली कांग्रेसको काधमा जिम्मेवारी र चुनौती रहेकाले जिम्मेवारी पुरा गर्न अझ उत्तरदायी र गम्भिर बन्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । अहिलेको विषम परिस्थितिमा कांग्रेसप्रति आकर्षण बढ्दै गएको र मुलुकभर क्रियाशिल सदस्यको संख्यामा १० लाखको हाराहारीमा पुगेको नेता खांणले बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक, लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री एवं कांग्रेस नेता वसिउद्दीन खान, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, जिल्ला उपसभापति सरिता चौधरीले कांग्रेस जनताको साथमा रहेको र पार्टीलाई एकताबद्ध बनाउँदै अगाडी बढ्नुपर्ने बताउनु भयो । नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा एमालेका नेताद्वय धु्रव प्रसाद नेपाल र दर्शन नेपाल कांग्रेसमा प्रवेश गरे । उनीहरुलाई गृहमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खांण र रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाकले कांग्रेसमा प्रवेश गराउनु भएको थियो ।