गत आईतबारदेखि लगातार परेको वर्षाका कारण लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर क्षेत्रफलमा काटेर राखेको धान डुबेको छ । प्रदेशका १२ जिल्लामा कुल खेती भएको ३ लाख १७ हजार ४१४ हेक्टर क्षेत्रफल खेत मध्ये ३६ हजार ४८० हेक्टर क्षेत्रफलको धान डुवेको प्रदेश प्रदेश कृषि विकास निर्देशनालले जनाएको छ ।
५५ हजार ५४ हेक्टर क्षेत्रफलको धान भने किसानले भित्र्याईसकेका थिए । ९३ हजार ५७६ हेक्टरमा धान काट्न बाँकी छ ।
वर्षा र वाढीका कारण लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै वर्दियामा १० हजार हेक्टरमा काटेको धान डुबेको हो । त्यस्तै कपिलबस्तुमा ८ हजार ८ हेक्टर, दाङमा ३ हजार ४ सय हेक्टर, बाँकेमा ७ हजार ५ सय हेक्टर, रुपन्देहीमा ३ हजार ४६८ हेक्टर, प्युठानमा ३ हजार ७ सय हेक्टर, नवलपरासी पश्चिममा ४१० हेक्टर, रुकुम पूर्वमा ४१२ हेक्टर, गुल्मीमा ८ हेक्टर, पाल्पामा २७० हेक्टर, रोल्पामा २५ हेक्टर खेटमा काटेर राखेको धानमा क्षेती पु¥याएको छ । अर्घाखाँचीमा भने वर्षाले धानबालीमा खासै क्षेती पुर्याएको छैन ।
वर्षा र बाढीले धान डुवानमा परेर भिजेको भएपनि कति क्षेती भयो एकिन भईसकेको छैन ।