रुपन्देही नागरिक समाज तिलाेत्तमा नगर समितिकाे अध्यक्षमा ईश्वरीप्रसाद पाण्डेलाई चयन गरिएकाे छ । शनिबार रुपन्देहीकाे भलवारीमा भएकाे नगरकाे दाेस्राे साधारण सभा तथा पहिलाे अधिवेशनले पाण्डेकाे अध्यक्षतामा नया कार्यसमिति चयन गरिएकाे हाे ।
समितिकाे उपाध्यक्षमा बालाकुमारी घिमिरे र रामकृष्ण हमाल, सचिवमा सीता पाैडेल, काेषाध्यक्षमा ठाकुरप्रसाद घिमिरे र सहसचिवमा हाेमनाथ ज्ञवालीलाई चयन गरिएकाे छ ।
त्यस्तै समितिकाे सदस्यहरुमा वेदप्रकाश कंडेल, प्रकाशचन्द्र भुसाल, लक्ष्मी ज्ञवाली, पदम पाैडेल क्षेत्री, कमला ज्ञवाली, सावित्रा आचार्य, ताराप्रसाद भुसाल, तेजनारायण अर्याल, भगवती बस्याल र विनु पाण्डेलाई चयन गरिएकाे छ ।
साधारण सभा तथा अधिवेशनकाे उद्घाटन गर्दै रुपन्देही नागरिक समाजका सल्लाहकार टेकबहादुर थापाले समाजमा स्वतन्त्र पहिचान बनाएका बुद्धिजिवीहरुकाे समूह नै नागरिक समाज भएकाेले समाजलाई सहि बाटाेमा हिडाउन पनि नागरिक समाजकाे भूमिका महत्वपूर्ण हुने बताउनु भयाे ।
समाजका नगर अध्यक्ष ईश्वरीप्रसाद पाण्डेले गैरनाफामुलक संस्था भएपनि एम्बुलेन्स सञ्चालन गरि यस क्षत्रका नागरिकलाई स्वास्थ्य सेवामा सहयाेगी भुमिका निर्वाह गरिएकाे बताउनु भयाे । त्यस्तै एम्बुलेन्स खरिदमा आर्थिक सहयाेग गर्ने सहयाेगदातालाई सम्मान गरिने समेत उहाले जानकारी गराउनु भयाे ।
कार्यक्रममा समाजका रुपन्देही जिल्ला सचिव दीपक राेका, सल्लाहकार माेहनराज शर्मा, वुमन केयर नेपालकी रीता केसी, रामकृष्ण हमाल लगायतले भनाई राख्नुभएकाे थियाे ।
त्यसै अवसरमा संस्थाले प्रकाशन गरेकाे क्यालेण्डरमा विज्ञापन सहयाेग गर्नेहरुलाई सम्मान गरिएकाे थियाे ।