नेकपा एमालेको दशौं महाधिवेशन अन्तरगत रुपन्देहीका १६ स्थानीय तहमध्ये १२ वटामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका रहेको रुपन्देहीको तीनवटा नगरपालिका र एउटा गाउँपालिका बाहेक बाँकी स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन गरिएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, सिद्धार्थनगरनगरपालिका र सियारी गाउँपालिकामा सहमति जुट्न सकेको छैन ।
जिल्लाको एक मात्रै उपमहानगरपालिका बुटवलको अध्यक्षमा किशन ज्ञवालीलाई चयन गरिएको छ । त्यस्तै उपाध्यक्षमा शोभाखर पाखेरलेललाई चयन गरिएको छ । बाँकी पदमा सहमति जुटिसकेको छैन । सैनामैना नगरपालिकाको अध्यक्षमा चेतनारायण न्यौपाने, लुम्बिनी सांस्कृतिक नगरपालिकाको अध्यक्षमा निसार अहमद, शुद्दोधन गाउँपालिकाको अध्यक्षमा बिष्णु गौतम, गैडहवाको अध्यक्षमा भुवन राना, कञ्चनमा दिनानाथ आचार्य सर्वसम्मत हुनुभएको छ ।
त्यस्तै कोटहीमाई गाउपालिकामा राजकुमार गौण, ओमसतीयामा ईन्द्रकुमार गुरुङ, रोहिणीमा सुनिलकुमार कौशल, मर्चवारीमा केशरनाथ गिरी, सम्मरीमाईमा ईनुक मुसलमान, मायाँदेवीमा साधुशरण शाहनी सर्वसम्मत चयन भएको बताईएको छ ।
जिल्लाको मध्येभागमा रहेको एमाले उपमहासचिव द्वय विष्णु पौडेल र घनश्याम भुसालको निर्वाचन क्षेत्रमा पर्ने तिलोत्तमा नगरपालिकामा सहमति जुट्न सकेको छैन । तिलोत्तमा नगरपालिकामा अध्यक्ष पदमा सुरेन्द्र श्री, तामनाथ पाण्डे, मिनप्रसाद पोखरेल र नेत्र बनको उम्मेदवारी परेको छ ।