बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकिकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे नियुक्त हुनु भएको छ । बिहिबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका पाण्डेलाई बिहिबार नै प्रदेश प्रमुख यादव शर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो ।
नवनियुक्त मुख्यमन्त्री पाण्डेले तीनजना मन्त्री समेत नियुक्त गर्नुभएको छ । उहाँले प्रदेश सभा सदस्य कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला, कृष्णलाल भंडेललाई भौतिक पूर्वाधार र कुमारी मोक्तानलाई सामाजिक बिकास मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुले पनि बिहिबार नै सपथ लिएका छन् ।
पार्टी विभाजनपछि अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि बहुमत सदस्यको समर्थनमा पाण्डे मुख्यमन्त्री नियुक्त हुनु भएको हो ।