नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका वडा नं. ४ ले सरकारले विभिन्न विभुषणद्वारा विभुषित गरेका व्यक्तिहरुलाई सम्मान गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ४ निवासी जीवनप्रसाद वझा, अर्जुनमान सैंजु, चुन्नप्रसाद पौडेल, नरिश्वर शर्मा पौडेल र कमल मालपानीलाई संघीय सरकार र बुटवल उद्योग बाणिज्य संघलाई लुम्बिनी प्रदेश सरकारले विभिन्न विभुषण प्रदान गरेको थियो । उनीहरुलाई काँग्रेसको वडा समितिले सम्मान गरेको हो ।

बिहिबार बुटवलमा आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक र वडा सभापति अरुणकुमार श्रेष्ठले उनीहरुलाई टिका खादा लगाएर सम्मान गर्नुभएको हो । त्यसै अवसरमा वडा समितिले नेपाली काँग्रेस बुटवल नगर समितिमा निर्वाचित पदाधिकारी तथा वडाबाट नगर समिति सदस्यमा निर्वाचित भएकाहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री रज्जाकले सरकारको नेतृत्व र मुलुकको बिकासको लागि बलियो काँग्रेस अपरिहार्य रहेको बताउँदै त्यसको लागि नेपाली काँग्रेस एक ढिक्का हुनुपर्ने भनाई राख्नुभयो । बलियो काँग्रेसको लागि अहिले काँग्रेस नेतृत्वको सरकारले सुकुम्बासी समस्या गर्नुपर्ने गर्नुपर्ने बक्ताहरुको भनाईलाई सम्बोधन गर्दै उहाँले सुकुम्बासी समस्या सामानको लागि सरकारमा आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा वडा सभापति श्रेष्ठले सर्वसम्मत रुपमा वडा अधिवेशन गरेर वडाबाटै एकताको सन्देश दिईएको बताउँदै पार्टीका माथिल्ला निकाय पनि सर्वसम्मत गर्न नेताहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य युवराज गिरी, क्षेत्रीय उपसभापति परशुराम ढकाल, सचिव परमानन्द भट्टराई, प्रदेश सभा क्षेत्रीय सचिव जमुना ढकाल, सर्बजित केसी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, वडाका उपसभापति नरध्वज गुरुङ, सचिव लक्ष्मी श्रेष्ठ लगायतले भनाई राख्नुभएको थियो ।