प्रधानमन्त्री शेरबहादुर देउवा वेलायत प्रस्थान गर्नुभएको छ । पछिल्लो पटक प्रधानमन्त्री भएपछि देउवाको विदेश भ्रमण यो पहिलो हो । प्रधानमन्त्री देउवा आज बिहान कतार एयरवेजको जहाजबाट वेलायत प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्री देउवा आफू विदेश भ्रमणमा निस्किदा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई प्रदान गर्नुभएको छ । जलवायु परिवर्तन सम्बन्धि सम्मेलनमा जान लागेका प्रधानमन्त्री देउवाले आफू पछिको वरियताक्रममा रहेका गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रदान गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाले यहि कात्तिक १५ र १६ गते हुने वर्ड लिडर समिटमा सम्बोधन गर्नुहुनेछ । जलवायु परिवर्तन सम्बन्धि सम्मेलन भने १२ गतेदेखि नै सुरु हुनेछ । त्यसक्रममा उहाँले नेपालको तर्फबाट जलवायु परिवर्तनको असर, न्यूनिकरण तथा अनुकुलनको लागि गर्न सकिने उपाए लगायतका विषयमा धारणा राख्नुहुनेछ । प्रधानमन्त्री देउवा कात्तिक १८ गते स्वदेश फर्किनुहुनेछ ।