ईन्धनकाे मूल्य फेरि बढाएकाे छ । शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरि डिजल, पेट्राेल, मट्टितेल, खाना पकाउने एलपि ग्यास सहित हवाई ईन्धनकाे समेत सरकारले मूल्य वृद्धि गरेकाे हाे ।
ईन्धनमा भएकाे मुल्यबृद्धिसंगै अब पेट्राेलकाे मूल्य १३३ पुगेकाे छ । डिजल र मट्टितेलमा ३ रुपैयाले वृद्धि भई ११६ रुपैया प्रतिलिटर भएकाे छ । त्यस्तै खाना पकाउने एलपि ग्याँसमा प्रति सिलिण्डर ५० रुपैया वृद्धि भएकाे छ । अब खाना बनाउने एलपि ग्याँसकाे मूल्य प्रति सिलिण्डर १ हजार ५ सय रुपैया पुगेकाे छ ।
त्यसैगरी आन्तरिक हवाई ईन्धनमा प्रतिलिटर १० रुपैया वृद्धि गरि ९६ रुपैया र अन्तर्राष्ट्रिय हवाई ईन्धनमा प्रति किलाेलिटर ८५३ अमेरिकी डलर कायम भएकाे छ ।