सरकारले खाना बनाउने एलपि ग्याँस सहित पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हाे भने खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएकाे छ ।
अब पेट्रोलकाे प्रतिलिटर १३६ रुपैयाँ र डिजेल मटितेलको प्रतिलिटर ११९ रुपैयाँ भएको छ । त्यस्तै खाना बनाउने एलपि ग्याँसकाे मूल्य प्रतिसिलिन्डर १ हजार ५७५ रुपैयाँ पुगेकाे छ ।
त्यस्तैगरी आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्याइएको छ । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।
निगमले यहि कात्तिक १२ गते पनि ईन्धनमा मूल्य बृद्धि गरि पेट्राेल, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र एलपि ग्याँसमा प्रतिसिलिन्डर ५० रुपैयाँ बढाएको थियो ।