भ्रष्टाचारीलाई ज्यानमारासरह कारवाही गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन

1.3K

भ्रष्टाचारीलाई ज्यानमारासरह कारवाही गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेपालमा भ्रषटाचारले दायरा नाघेकाे बताउंदै भ्रष्टाचारीलाई ज्यानमारा सरह कारवाही गर्नुपर्ने धारणा राख्नुभएकाे छ ।
अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले बुझाएकाे वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले आयाेजनाहरु पूरा हुन नपाउंदै बिग्रिने कमिसन र भ्रष्टाचारकाे ज्वलन्त उदारहण भएकाे बताउनु भएकाे हाे ।
‘भ्रष्टाचार ज्यान मार्ने अपराधी भन्दा ठुलो अपराध हो, ३ करोड नेपालीलाई भ्रष्टाचारले सेकेण्ड सेकेण्डमा हत्या गरिरहेको छ ।’ उहाले भन्नू भयो-‘मान्छे मार्ने हत्यारालाई जस्तै भ्रष्टाचार गर्नेलाई पनि आजिवन कारावासको सजाँय हुनुपर्छ ।’
अख्तियार संव‌धानिक रुपमै स्वतन्त्र निकाय भएकाेले शक्ति र पहुँचवालाकाे निर्देशनमा नभई निर्भिकताका साथ काम गर्न अख्तियारका अधिकारीहरुलाई उहाँले आग्रह गर्नुभयाे ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख योगेन्द्र प्रसाद पाण्डेले आर्थिक वर्ष ०७७/७८ को प्रतिवेदन प्रदेश प्रमुख शेरचनलाई हस्तान्तरण गर्नुभएकाे हाे । अख्तियारले बुझाएको प्रतिवेदनमा यस वर्ष पनि सबै भन्दा बढी अनियमितताको उजुरी स्थानीय तहमा छ । लुम्बिनी प्रदेशमा मात्र स्थानीय तह र संघिय मामिला मन्त्रालय ४८९ उजुरी आएकोमा ३०८ उजुरीको फर्श्याैट भएको तथा स्थानीय तहकै शिक्षा तर्फ २४८ उजुरीमा १७१ फर्श्याैट भएको अख्तियार बुटवलका प्रमुख पाण्डेले बताउनु भयाे । पाण्डेका अनुसार लुम्बिनी प्रदेशको सबै भन्दा बढी भ्रष्टाचारको उजुरी रुपन्देही जिल्लामा आएको छ ।