रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट प्रहरीले कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १४ दुर्गानगरका २८ वर्षीय सन्दिप थापा मगरलाई फलामको व्यारेल र काठको ग्रिप भएको १ थान कटुवा पेस्तोल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले बताउनु भयो ।
वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले टोलीले मंगलबार राती पौने १२ बजेको समयमा तिलोत्तमा १४ दुर्गानगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कटुवा पेस्तोल सहित पक्राउ परेका सन्दिपलाई आवश्यक अनुसन्धान पछि बुधबार अदालतबाट हातहतियार तथा खरखजाना मुद्धामा म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही जनाएको छ ।
