स्थानीयलाई विस्तापित नगरिकनै मोतिपुर औद्योगिक क्षेत्र बन्छ : गृहमन्त्री खाँण

1.3K

स्थानीयलाई विस्तापित नगरिकनै मोतिपुर औद्योगिक क्षेत्र बन्छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा विवाद समाधान गरेर औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहका गृहमन्त्री खाँणले पहिलेदेखि बसोबास गर्दै आएका स्थानीयको पक्षमा आफू रहेको बताउँदै उनीहरुका मागलाई सम्बोधन गरेर मात्रै औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउने बताउनु भएको हो ।
बुटवल लायन्स आँखा अस्पतालको रजत महोत्सव अन्तरगत आईतबार आयोजित मुल समारोहलाई सम्बोधन गर्दै मन्त्री खाँणले स्थानीयलाई सम्बोधन गरेर क्षेत्रफल घटाएर भएपनि औद्योगिक क्षेत्र बनाउने बताउनु भयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गर्दै गृहमन्त्री खाँणले भन्नुभयो–‘जनतालाई विस्तापित नगर्नेगरी त्यहाँ औद्योगिक क्षेत्र बन्नेछ, त्यहाँ बसोबास गरिरहेका जनतालाई नहटाईकल औद्योगिक क्षेत्र स्थापनाको व्यबस्था मिलाउनुहोस् ।’

उहाँले बुटवललाई प्रादेशिक राजधानी बनाउँछु भनेर जनतासंग भोग मागेकाहरुले नै राजधानी अन्यत्र सारेको टिप्पणी गर्नुभयो । एमाले नेता विष्णु पौडेल तर्फ लक्षित गर्दै उहाँले भन्नुभयो–‘यहाँ सबैले बुटवललाई राजधानी बनाउछु भनेर नै भोट मागेको हो, हामीले स्थापना पनि गर्यो तर उहाँहरुले अन्यत्रै लैजानु भयो ।’
उहाँले यो सरकार बनेपछि प्रहरी संगठनमा धेरै सुधारका कामहरु भएको दावी गर्नुभयो । लायन्स आँखा अस्पतालले आँखा स्वास्थ्यमा महत्वपूर्ण योगदान गरेको भन्दै आवश्यक जग्गाको प्रवन्ध गरिदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तैगरी भैरहवामा तयारी पुरा भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलमा उठान सुरु गर्न सरकार प्रयन्त गरिरहेको बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोतिसंग उडान ईजाजतको लागि प्रस्ताव गरेको र त्यसमा सकारात्मक सन्देश प्राप्त भएको जानकारी गराउनु भयो ।

त्यस अवसरमा अध्यक्ष रामेश्वरप्रसाद श्रेष्ठले अस्पतालको बारेमा जानकारी गराउंदै बिरामीको चापसंगै भवन साँगुरो भएको र अस्पताल सञ्चालनको लागि जग्गाको खोजी भईरहेकाले सहयोगको लागि आग्रह गर्नुभएको थियो ।
त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवललाई उदयमान सिटिको रुपमा बिकास गर्न स्वास्थ्य र शिक्षाका कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा नेत्र बिज्ञान अध्ययन संस्थानका अध्यक्ष डा. चेतन पन्त, लायन्सका द्वितीय भाईस डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, नेपाल नेत्रज्योती संघका केन्द्रीय उपाध्यक्ष सागरप्रताप राँणा, सेवा फाउण्डेसनका रामप्रसाद कंडेल, लायन्स क्लव अफ बुटवलका अध्यक्ष लोकप्रसाद खरेल, पूर्व अध्यक्ष तथा रजत महोत्सव आयोजक समितिका सचिव दिनेशप्रसाद श्रेष्ठ लगायतले आँखा अस्पतालले आँखा स्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।

त्यसै अवसरमा अस्पतालमा योगदान गर्ने व्यक्तिहरुलाई प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।