एमाले उपाध्यक्ष भिम रावलले अध्यक्ष ओलीलाई चुनौति दिँदै अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले आईतबार पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
नेकपा एमालेको यहि मंसिर १० देखि चितवनमा नवौं राष्ट्रिय महाधिवेशन हुँदैछ । एमालेबाट फूटेर माधवकुमार नेपालले छुट्टै नेकपा (एकिकृत समाजवादी) पार्टी बनाएपछि अध्यक्ष ओली निर्बिरोध अध्यक्ष हुने अनुमान गरिएको थियो ।
अध्यक्ष ओलीले दश बुँदे कार्यान्वयनको प्रतिवद्धता गरेपछि नेपाललाई पहिलेदेखि नै बलियो साथ दिँदै आएका उपाध्यक्ष रावल सहित १० जना नेताहरु एमालेमै बसेका थिए । अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयनको साटो त्यसको उपादेयता नै सकिएको बताएपछि उपाध्यक्ष रावलले तिब्र असन्तुष्टि व्यक्त गर्न आउनु भएको थियो ।
यद्यपी अहिले दश बुँदेको जगमा एमालेमा बसेका १० जनानेता मध्येपनि कतिपयले ओली नै निर्बिकल्प अध्यक्ष भएको बताउँदै आएका छन् ।