नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको पाल्पाको क्षेत्रीय अधिवेशनमा २ नं. क्षेत्रमा रामचन्द्र पौडेल समुहका उम्मेद्वार मुक्तिराम जिसी विजयी हुनु भएको छ ।
क्षेत्रीय सभापतिमा विजयी जिसीले ४६० मत प्राप्त गर्नुभएको छ । सभापतिका प्रतिस्पर्धी यादवसिंह कार्कीले २१४ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्रीय सचिवमा भने कृष्णबहादुर आले र टंकनाथ न्यौपाने तथा सहसचिव पदमा झपेन्द्र पचभैया र मानसिंह कुवँर सहित सदस्यमा सबै निर्बिरोध भएको थियो ।
पाल्पाको क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनीधिमा पनि रामचन्द्र पौडेल समुहका उम्मेदवारले जीत हात पारेका छन् ।