नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा समुहका सुशिल गुरुङ सहित प्यानल विजयी भएको छ । क्षेत्रीय सभापतिमा निर्वाचित गुरुङ १३५ मतान्तरले विजयी हुनु भएको हो । पार्टीको संस्थापन समुहबाट निर्वाचित गुरुङले ३७७ मत प्राप्त गर्नुभएको थियो भने रामचन्द्र पौडेल समुहका उम्मेद्वार मात्रिका यादवले २४२ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिनुभयो । त्यस्तै अर्का उम्मेद्वार महेन्द्रप्रसाद यादवले ४ मत प्राप्त गर्नुभएको छ ।
सचिव पदमा भवानीप्रसाद शर्मा र लेखनाथ भट्टराई निर्वाचित हुनु भएको छ । त्यस्तै सहसचिव पदमा प्रेमसागर चौधरी र कुलप्रसाद न्यौपाने निर्वाचित हुनु भएको छ । महाधिवेशन प्रतिनीधिमा पनि सबै देउवा समुहका उम्मेदवार विजयी भएका छन् ।