नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज (शुक्रबार) हुने भनीएको रुपन्देहीको अधिवेशन सरेको छ । पार्टीले सहमतिको प्रयास भईरहेको त्यसको लागि समय मागेकाले सहमतिको लागि एक दिन समय दिईएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिनुभयो ।
नेपाली काँग्रेस जिल्ला निर्वाचन अधिकृतको कार्यालयले आजै एक सूचना प्रकासित गरि जिल्लाको निर्वाचन कार्यतालिका संशोधन गरि ११ गते (शनिबार)को लागि तय गरिएको उल्लेख गरिएको छ ।
जिल्लामा काँग्रेसका नेताहरु सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा सहमति गरेका छन् भने अझै पूर्ण खाका तयार नभईसकेको बताईएको छ ।
