नेपाली काँग्रेस पाल्पाकाे सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी हुनुभएकाे छ । कांग्रेसको १४ औं महाधिबेशन अन्तरगत शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट फराकिलाे मतान्तर सहित श्रेष्ठ सभापतिमा निर्वाचित हुनुभएकाे हाे ।
सभापतिमा निर्वाचित श्रेष्ठले ८९० मत प्राप्त गर्दा सभापति पदका अर्का प्रतिस्पर्धी कृष्णप्रसाद बस्यालले ३८१ मत प्राप्त गर्नु भएकाे छ ।
त्यस्तै पाल्पाकाे जिल्ला उपसभापति पदमा ज्ञानबहादुर गाहा ७७३ मत र झपेन्द्रप्रसाद गहिरे ७५४ मत सहित विजयी हुनु भएकाे छ । सचिबमा ८०७ मत सहत सन्तोषकुमार थापा र ७८५ मत सहित सुनिता अधिकारी तथा सहसचिबमा बिष्णु कुमार थापा ७४३ र हुमिद मिया ६४१ मत सहित विजयी हुनुभएकाे हाे ।