नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओेलीले उपाध्यक्ष भिम रावललाई सहमतिकाे प्रस्ताव मन नपरे चुनावमै जान सुझाव दिनुभएकाे छ । अध्यक्ष ओलीले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने र त्यसकाे लागि आफूले कमिटिकाे प्रस्ताव गर्ने बताउनु भएकाे थियाे ।
तर उपाध्यक्ष रावलले आफूले अध्यक्षमा उम्मेदवारी घाेषणा गरेकाले पछि हट्न नसक्ने बताउनु भयाे । नेकपा एमालेकाे राष्ट्रिय महाधिवेशनकाे शनिबार चितवनकाे साैराहामा भएकाे बन्दसत्रमा उपमहासचिव विष्णु पाैडेलले सर्वसम्मतकाे लागि कमिटिमा नाम प्रस्ताव गर्न अध्यक्ष ओलीलाई अधिकार दिने प्रस्तावमा हलमा अधिकांशले समर्थन गरेपनि नेता रावलले उक्त प्रस्तावकाे विराेध गर्नु भएकाे थियाे ।
अध्यक्ष ओलीले विधान पनि नमिचिने र कसैकाे अधिकार पनि नखाेसिने भन्दै आईतबार १० बजे हुने बन्दसत्रमा आफूले पदाधिकारी र कमिटीमा रहनेहरुको नाम प्रस्ताव गर्ने र चित्त नबुझे निर्वाचनमा जान सकिने बताउनु भएकाे हाे ।