कम्तिमा तीन पदाधिकारीमा पूर्वमाओवादी पक्षको दावी : ओलीलाई पदाधिकारीमै सकस

1.3K

कम्तिमा तीन पदाधिकारीमा पूर्वमाओवादी पक्षको दावी : ओलीलाई पदाधिकारीमै सकस

एमालेको जारी महाधिवेशनमा कम्तिमा तीन पदाधिकारी पाउनुपर्ने अडान राख्दै माओवादी पृष्ठभूमिका नेताहरुले केन्द्रीय समितिमा पनि सम्मान जनक सहभागिता हुनुपर्ने माग राखेका छन् । पूर्व माओवादी पृष्ठभूमीका नेताहरुले रामबहादुर थापालाई वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्ष तथा टोपबहादुर रायमाझीलाई उपमहासचिव र लेखराज भट्टराई सचिव बनाउनु पर्ने माग राखेका हुन् । प्रभु शाह र मणी थापाले पनि पदाधिकारीमै दावी गरेका छन् ।
माओवादी पृष्ठभूमिका नेताहरुको माग दावी सहित नेता टोपबहादुर रायमाझी र मणी थापा अध्यक्ष ओलीलाई भेट्न गएको बताईएको छ । उनीहरुले अध्यक्ष ओलीलाई केन्द्रीय समितिमा पनि आफूहरुको सम्मानजनक उपस्थिती गराउन माग गर्नेछन् ।

ओलीलाई सकस

केन्द्रीय कमिटिको नाम प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएर बसेका ओली नेताहरुसंग व्यक्तिगत र समुहगत छलफलमा व्यस्त हुनुहुन्छ । केन्द्रीय कमिटिमा लविङ गर्दै अध्यक्ष ओलीलाई भेट्न नेताहरु होटलमै पुगेका छन् । यद्यपी पदाधिकारी मै सहमति जुट्न सकेको छैन । अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षमा सुवास नेम्वाङ्लाई प्रस्ताव गरेपति वरिष्ठ उपाध्यक्षमा दावी गरेका नेम्वाङ्को दावी कायमै छ ।
त्यस्तै अध्यक्ष महासचिवका दावेदार विष्णु पौडेललाई उपाध्यक्षमा र शंकर पोखरेलाई महासचिवमा प्रस्ताव गरेपनि पौडेलले पोखरेललाई महासचिव छोड्न तयार नभएका कारण ओलीलाई पदाधिकारी मिलाउन समस्या देखिएको छ ।
त्यसो त अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भिम रावलसंग छलफलसम्म हुन सकेको छैन । अध्यक्षमा रावलको दावी कायमै छ भने महाधिवेशन स्थलमा प्रतिनीधिहरुलाई आफ्नो उम्मेदवारी किन ? भन्ने पर्चा समेत वितरण गरिएको छ ।