नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तरगत नेतृत्व चयनको लागि भएको मतदान सकिएको छ । २ हजार १५३ प्रतिनिधिमध्ये २ हजार ८० भन्दा बढी मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । मतदानमा विद्युतीय मेसिन प्रयोग गरिएकाले छिटो मतपरिणाम आनुने अपेक्षा गरिएको छ । मतदान मंगलबार बिहान चारबजेदेखि सरु भएको थियो । मतदान सकिएको करिव डेढ २ घण्टा भित्रै परिणाम आउने अपक्षा गरिएको छ ।
चितवनको सौरामामा जारी महाधिवेशनमा अध्यक्ष सहित उपाध्यक्ष, सचिव तथा केन्द्रीय सदस्यको विभिन्न कलस्टरमा मतदान भएको थियो । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरे तथा उपमहासचिवमा प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र बिष्णु रिमाल सहित केही कलस्टरमा केन्द्रीय सदस्य समेत निर्बिरोध निर्वाचतभ ईसकेका छन् ।