सञ्चारिका समूह रूपन्देहीमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएकाे छ । मंगलबार सम्पन्न अधिवेशनले पुन: निरु गाैतमकाे अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएकाे हाे ।
नयाँ कार्यसमितिकाे उपाध्यक्षमा पुन: मीना ढकाल र महासचिव अस्मिना पाण्डेलाई चयन गरिएकाे छ । त्यस्तैगरी सचिवमा पुजा पन्थी, कोषाध्यक्षमा कल्पना डुम्रे तथा सदस्यहरु शारदा शाही, अम्बिका परियार, प्रतिमा गौतम, तिर्सना सेन्चुरी, शुसिला पोखरेल, मनु गुरुङ, सुमित्रा चापागाईं, विष्णु खत्री सर्वसम्मत निर्वाचित भएका हुन् ।