प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई महाधिवेशन लगत्तै चुनावमा केन्द्रीत हुन निर्देशन गर्नुभएको छ ।
नेपाली काँग्रेसको प्रदेश अधिवेशनको बिहिबार भर्चुअल उद्घाटन गर्दै सभापति देउवाले अव केही महिना भित्रै स्थानीय तह र एक वर्ष भित्र प्रदेश तथा संघीय संसदको निर्वाचन हुने भएकाले पार्टीका नेता कार्यकर्तालाई महाधिवेशन सकिएलगत्तै निर्वाचनमा केन्द्रित हुन आग्रह गर्नुभएको हो ।
उहाँले पार्टीको आन्तरिक चुनावमा कसैको हार र कसैको जित हुनु स्वभाविक भएको बताउँदै आम निर्वाचनमा पार्टीका उम्मेद्वारलाई जिताउने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले प्रदेशको अधिवेशनमा पार्टीलाई अझै गतिशिल र सशक्त बनाउनको लागि जनताको मत जित्ने रणनीति बनाउन समेत आग्रह गर्नुभयो ।