नेपाली काँग्रेसकाे १४ औं महाधिवेशन अन्तरगत लुम्बिनी प्रदेशकाे अधिवेशनमा मतदान सकिएकाे छ । शनिबार बिहान ११ बजेदेखि सुरु भएकाे मतदान साझ करिव ६ बजे सकिएकाे निर्वाचन अधिकृत जीवनारायण अधिकारीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार कुल १ हजार ६३१ मत खसेकाे छ । लुम्बिनी प्रदेह अधिवेशनमा १ हजार ६४८ मतदाता थिए ।
प्रदेशकाे नेतृत्व लिन सभापति शेरबहादुर देउवाकाे समुहबाट भरतकुमार शाह र देउवा ईतर समुहबाट अमरसिंह पुनकाे नेतृत्वमा प्यानल सहित प्रतिस्पर्धामा छन् ।