काँग्रेस लुम्बिनीको मतगणना : अमरसिंह पुनको सुरुवाती अग्रता

1.3K

काँग्रेस लुम्बिनीको मतगणना : अमरसिंह पुनको सुरुवाती अग्रता

नेपाली काँग्रेस लुम्बिनीको प्रथम अधिवेशन अन्तरगत भएको मतदानको सदस्यबाट मतगणना सुरु भएको छ । राती करिव १२ बजदेखि सुरु भएको मतगणना अहिलेसम्म करिव १५० गणना भएको निर्वाचन अधिकृत जीवनारायण अधिकारीले जानकारी गराउनु भयो ।
उहाँका अनुसार पहिलो बाक्साको मतगणनामा सदस्य खुल्ला तर्फ १५० र जिल्ला तर्फ करिव २ सय मत गण्ना भएको छ । त्यसमा सभापति देउवा ईतर समुहका उम्मेदवार अमरसिंह पुन प्यानलका उम्मेदवारले अग्रता लिएका छन् ।
सभापति तथा पदाधिकारीको भने गणना भएको छैन । शनिबार बिहान ११ बजेदेखि भैरहवा स्थित महेन्द्र सभा गृहमा सुरु भएको मतदान साँझ करिव ६ बजे सकिएको थियो । ६ बजे नै मतदान सकिएपनि गणना भने ढिला गरि करिव १२ बजेतिर सुरु भएको हो ।
महेन्द्र सभा गृहमा आईतबारलाई ठाउँ नपाइएका कारण गणना गर्ने ठाउँ सार्दा केही ढिलाई भएको निर्वाचन समितिले बताएको छ ।
प्रदेशको नेतृत्व लिनको लागि पार्टी सभापति शेरबहादुर देउवा समुहबाट रुपन्देहीका भरतकुमार शाह र देउवा ईतर समुहबाट रोल्पाका अमरसिंह पुनको नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । शाहको प्यानलबाट उपसभापतिमा दाङका राजु खनाल र कपिलबस्तुका सुधाकर पाण्डे, महामन्त्रीमा बर्दियाका जन्मजय तिमल्सिना र प्युठानका खिमानसिंह रायमाझी तथा सहमहामन्त्रीमा बाँकेका लक्ष्मीनारायण शाह, रुपन्देहीकी शरिता चौधरी र बाँकेकी माया पुनले उम्मेदवारी दर्ता गर्नुभएको छ भने देउवा ईतर पुनको प्यानलबाट उपसभापतिमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रुपन्देहीका अष्टभुजा पाठक, महामन्त्रीमा नवलपरासी पश्चिमका बिक्रम खनाल र कपिलबस्तुका सुरेन्द्रराज आचार्य, सहमहामन्त्रीमा दाङका खगराज पाण्डे, अर्घाखाँचीका बिष्णु मुस्कान र प्युठानकी निमा गिरी मैदानमा हुनुहुन्छ ।