काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन विजयी

1.3K

काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन विजयी

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन विजयी हुनुभएकाे छ । साेमबार बिहान प्राप्त मत परिणाम अनुसार पार्टी सभापति शेरबहादुर देउवा समुहका उम्मेद्वार भरतकुमार शाहलाई ८५ मतले हराउंदै प्रदेश सभापति पदमा सभापति देउवा ईतर समुहका पुन विजयी हुनुभएकाे हाे ।

कुल १६३१ मत खसेकाेमा विजयी पुनले ८६७ मत प्राप्त गर्नुभएकाे छ भने साहले ७६७ मत प्राप्त गर्नु भएकाे प्रमुख निर्वाचन अधिकृत डा. बुद्धबहादुर थापाले बताउनु भयाे । सभापतिमा विजयी राेल्पाका पुन पुर्व राज्यमन्त्री हुनुहुन्छ भने रुपन्देहीका शाह प्रतिनिध सभा सार्वजनिक लेखा समितिका सभापति हुनुहुन्छ ।

पदाधिकारीमा भने शाह प्यानलबाट उपसभापतिमा राजु खनाल बाहेक सबै पदमा पुन प्यनलकै उम्मेद्वार विजयी भएका छन् । उपसभापति पदमा पुन प्यानलबाट गुल्मीका भुवनप्रसाद श्रेष्ठ ८४७ मत सहित विजय हुदा रुपन्देहीका अष्टभुजा पाठक २० मतले हार व्यहाेर्नु पर्याे । शाह प्यानलका राजु खनाल ७९२ मत ल्याएर विजयी हुनु भयाे भने अर्का सुधाकर पाण्डेले हार व्यहाेर्नु पर्याे ।

महामन्त्री र सहमहामन्त्री पदमा भने पुन प्यानलका उम्मेद्वार विजयी भएका छन् । महामन्त्रीमा पुन प्यानलका बिक्रम खनाल र सुरेन्द्रराज आचार्य विजयी हुनुभएकाे छ । खनाल र आचार्यले क्रमश: ८४४ र ८३९ मत प्राप्त गर्नुभएकाे छ । शाह प्यानलबाट महामन्त्रीमा जन्मजय तिमल्सिना र खिमानसिंह रायमाझी हुनुहुन्थ्याे ।

त्यस्तै सहमहामन्त्रीमा ८५९ मत सहित बिष्णु मुस्कान, ७७६ मत सहित खगराज पाण्डे, महिला सहमहामन्त्रीमा ८३० मत सहित निमा गिरी विजयी हुनुभएकाे छ । शाहकाे प्यानलबाट सहमहामन्त्रीमा लक्ष्मीनारायण शाह, माया पुन र महिला सहमहामन्त्रीमा शरिता चौधरी हुनुहुन्थ्याे ।

सदस्य पदमा पनि पुन प्यानलका उम्मेद्वारकाे अग्रता छ । यद्यपि परिणाम आईसकेकाे छैन ।

मत परिणाम

(कुल खसेको मत १६३१)
सभापति
१) अमरसिंह पुनमगर– ८५२ (विजयी)
२) भरतकुमार शाह– ७६७

उपसभापति
१) अष्टभुज पाठक – ७७२
२) भुवनप्रसाद श्रेष्ठ– ८४७ (विजयी)
३) राजु खनाल– ७९२ (विजयी)
४) सुधाकर पाण्डे– ६६१

महामन्त्री
१) खिमानसिंह रायमाझी– ६५१
२) जन्मजय तिमल्तिना– ७०९
३) बिक्रम खनाल – ८४४ (विजयी)
४) सुरेन्द्रराज आचार्य– ८३९ (विजयी)

सहमहामन्त्री (महिला)
१) निमा गिरि– ८३० (विजयी)
२) सरिता चौधरी– ६८७

सहमहामन्त्री (खुल्ला)
१) खगराज पाण्डे– ७७६ (विजयी)
२) माया पुन– ७५२
३) लक्ष्मीनारायण शाह– ६७६
४) विष्णुप्रसाद खनाल (मुस्कान)– ८५९ (विजयी)