काँग्रेस महाधिवेशनकाे तयारी पूरा : नेता कार्यकर्तालाई सुरक्षा सावधानी अपनाउन आग्रह

1.3K

काँग्रेस महाधिवेशनकाे तयारी पूरा :  नेता कार्यकर्तालाई सुरक्षा सावधानी अपनाउन आग्रह


नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनकाे तयारी पूरा भएकाे छ । काठमाण्डाैकाे भृकुटी मण्डपमा हुने महाधिवेशनकाे सम्पूर्ण तयारी पूरा भएकाे नेपाली काँग्रेसले जनाएकाे छ ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार भाेली शुक्रबार दिउंसाे १ बजे महाधिवेशनकाे उद्घाटन हुनेछ ।
महाधिवेशनमा भाग लिनकाे लागि करिव ४ हजार ४ सय महाधिवेशन प्रतिनिधि काठमाण्डाै पगेका छन् । त्यस बाहेक देशभरका काँग्रेस नेता कार्यकर्ता काठमाण्डाैमा जम्मा भईसकेका छन् ।
काेराेना भाइरस महामारीकाे जाेखिम कायमै रहेका कारण नेपाली काँग्रेसले सुरक्षा सावधानी अपनाउन र मास्क तथा सेनीटाईजरकाे अनिवार्य प्रयाेग गर्न नेता कार्यकर्तालाई आग्रह गरेकाे छ ।
महाधिवेशनकाे सन्दर्भमा ठूलाे भिड प्रदर्शन गर्ने कुनै तयारी नभएकाे बताउंदै प्रवक्ता शर्माले भन्नुभयाे – ‘हामी बाध्यात्मक परिस्थितिमा थियौँ, नभए यो भीड जम्मा भएर बस्न मिल्ने बेला होइन, नेता कार्यकर्तालाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आउन आग्रह गरेका छौँ ।’
नेपाली काँग्रेसकाे महाधिवेशन कार्यतालिका अनुसार भाेली शनिबार उद्घाटन हनेछ भने नयाँ नेतृत्वकाे लागि पर्सि शनिबार उम्मेद्वारी मनानयन दर्ताकाे कार्यक्रम तय गरिएकाे छ ।