नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको मतदानमा ४ घण्टा समय थप गरिएको छ । अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिएपछि निर्धारित समयमा १ हजार ९९३ जनाले मतदान गरेको प्रचार समितिले जनाएको छ ।
बिहान ८ बजेदेखि ५ बजेसम्मलाई मतदानको लागि समय निर्धारण गरिएको पनि मतदान ३ घण्टा ढिलो गरी ११ बजे पछि मात्रै सुरु भएको थियो । मतदानको समय ४ घण्टा थपिएपछि अव ९ बजेसम्म मतदान गर्न पाईने छ । भृकुटीमण्डप र राष्ट्रिय सभामा मतदान भईरहेको छ ।