काँग्रसकाे मतगणना : देउवाकाे अग्रता, पछिपछि शेखर

1.3K

काँग्रसकाे मतगणना : देउवाकाे अग्रता, पछिपछि  शेखर


नेपाली काँग्रेसकाे महाधिवेशनमा नयाँ नेतृत्व चयनकाे लागि भएकाे मतदानकाे मतगणना चलिरहेकाे छ । कुल खसेकाे मतकाे आधा गणना हुदा सभापतिमा शेरबहादुर देउवाले अग्रता लिनुभएकाे छ भने अर्का उम्मेद्वार शेखर काईराला पछिपछि हुनुहुन्छ ।
राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा अहिलेसम्म २ हजार ६७७ मत गणना भइसकेको छ । सुरुदेखि नै अग्रता लिइरहेका देउवाले १ हजार २६७ र शेखर कोइरालाले ९८० मत पाउनु भएकाे छ ।
अन्य उम्मेद्वारकाे भने अलि कम छ । सभापति पदमा प्रकाशमान सिंहले २०४, विमलेन्द्र निधिले १६२ र कल्याण गुरुङले १२ मत पाउनु भएकाे छ ।
मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । सभापतिमा विजयी हुन २ हजार ३४० मत चाहिन्छ ।