नेपाली काँग्रेसकाे महाधिवेशनबाट उपसभापति पदमा सभापति शेरबहादुर देउवा र शेखर काईराला समुहका एक/एक जना उम्मेद्वार निर्वाचित भएका छन् ।
बुधबार राती प्राप्त मत परिणाम अनुसार उपसभापति पदमा देउवाकाे समुहबाट उम्मेद्वार बनेका पूर्णबहादुर खड्का र काेईराला समुहका धनराज गुरुङ निर्वाचित हुनु भएकाे हाे । उपसभापतिमा निर्वाचित खड्काले २ हजार १२१ र गुरुङले १ हजार ९०८ मत प्राप्त गर्दा देउवा समुहका अर्का उम्मेद्वार विजय गछदारलाई १ हजार ९०६ र डा. शेखर काेईराला समुहका उम्मेद्वार डा. चन्द्र भण्डारीलाई १ हजार ५८० मत प्राप्त भएकाे थियाे ।
काेईराला समुहका गुरुङ र देउवा समुहका गछदार बिच २ मतकाे फरक छ ।
त्यस्तै प्रकाशमान सिंहकाे समुहबाट उम्मेद्वार बनेकी सुजाता काेईरालालाई ६४४, विमलेन्द्र निधीकाे उपसभापति दिव्यश्वरी शाहलाई १३२ र स्वतन्त्र उम्मेद्वार महेश आचार्यलाई ५८९ मत प्राप्त भएकाे छ ।