रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा गर्नुभएको छ । नेपाली काँग्रेसका नेता रिजालले पार्टीको महामन्त्री पदमा हार व्यहोरेपछि उहाँले मन्त्री पदबाट राजीनामा गर्नुभएको हो ।
‘नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टी भित्र मेरो समर्थनको आधार अत्यन्तै संकुचित भएको स्प्रष्ट छ ।’ उहाँले राजीनामा पत्रमा भन्नुभएको छ–‘यस कुरालाई हृदयंगम गर्दा मैले रक्षामन्त्री पदमा रहिरहनु नैतिक रुपमा उपयुक्त हुन्न, तसर्थ रक्षामन्त्री पदबाट राजीनामा दिएको छु ।’
