बुटवलमा औद्योगिक व्यापार मेलाको तयारी

1.3K

बुटवलमा औद्योगिक व्यापार मेलाको तयारी

बुटवलमा औद्योगिक व्यापार मेलाको तयारी गरिएको छ । ‘स्वाधिन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधिकरण’ भन्ने मुल नारा सहित उद्योग व्यापार संघ बुटवलले यहि पुसको ८ गतेदेखि ‘चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी, व्यापार मेला तथा पर्यटन महोत्सवको तयारी गरेको हो ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ रंगशाला नजिकै गरिने मेलामा स्वदेशी र विदेशी समेत गरि ४५० स्टल राख्ने लक्ष्य लिईएको शनिबार मेला स्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोबिन्दराज गैरेले हालसम्म ३ सय बढी स्टल बुकिङ् भईसकेको जानकारी दिनुभयो ।
मेला सम्पन्न गर्नको लागि बिभिन्न बस्तुगत समिति गठन गरिएको र ती समितिले मेला तयारीका कामहरु गरिरहेको पनि उहाँले बताउनु भयो । पुसको २० गतेसम्म सञ्चालन हुने मेलामा १ लाख रुपैंया पुरस्कार राशीको डान्स आईडल, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, आमा नृत्य प्रतियोगिता, फेसन शो, हरेक दिन कलाकारहरुद्वारा सांस्कृतिक प्रस्तुत रहेन छ ।
मेलामा फरक फरक प्रकृतिका १५ वटा सेल्फीजोन, बिभिन्न देवीदेवताका मूतिहरु राखिने छ भने मेला अवधिभर निःशुल्क दन्त शिबिर र रक्तदान कार्यक्रम सञ्चालन गरिने अध्यक्ष गैरेले बताउनु भयो ।
कोरोना महामारीका कारण अघिल्ला २ वष बुटवलमा मेला सञ्चालन हुन सकेको थिएन । कोरोना महामारीको संक्रमण घट्दै गएको बेला आयोजना गरिएकोले मास्क तथा सेनिटाईजरको अनिवार्य प्रयोग गरेर मात्रै मेलामा प्रवेश दिईने छ ।